कोभिड-१९(अपडेट):संक्रमितको संख्या ३ करोड ९ लाख नाघ्यो, २ करोड २५ लाखबढी संक्रमणमुक्त

94
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ९ लाख ९२ हजार ८५५ पुगेकाे छ ।

वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ९ लाख ६१ हजार ४७१ पुगेको छ ।

विश्वभर २ करोड २५ लाख ८७ हजार ९०५ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७४ लाख ४३ हजार ४७९ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको ६९ लाख ६७ हजार ४०३ जना पुगेको छ । २ लाख ३ हजार ८२४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ४२ लाख २३ हजार ६९३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख ३९ हजार ८८६ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख ६१९ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८६ हजार ७७४ पुगेको छ । ४३ लाख ३ हजार ४३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १० लाख १० हजार ८०२ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ४५ लाख २८ हजार ३४७ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ३६ हजार ५६५ को मृत्यु भएको छ । ३८ लाख  २० हजार ९५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५  लाख ७१ हजार ६८७ जना रहेका छन् ।

रुसमा १० लाख ९७ हजार २५१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १९ हजार ३३९ जनाको मृत्यु भएको छ । ९ लाख ६ हजार ४६२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ७१ हजार ४५० जना रहेका छन् ।

पेरुमा ७ लाख ६२ हजार ८६५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३१ हजार ३६९ जनाको मृत्यु भएको छ । ६ लाख ७ हजार ८३७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख २३ हजार ६५९ जना रहेका छन् ।


  •  
  •  
  •