काठमाडौं उपत्यकामा थप ८ सय ५९ जनामा कोरोना संक्रमण

84
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप ८ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएकामध्ये काठमाडौंका मात्र ६९८ जना रहेका छन्।  काठमाडौंमा २१६ महिला र ४८२ पुरुष, भक्तपुरमा ४८ महिला र ३४ पुरुष तथा ललितपुरमा ३२ महिला र ४७ पुरुषमा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टायता देशभर भने २०२० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको मन्त्रालयले जनाएको छ।

यसअघि शुक्रबार काठमाडौं उपत्यकामा थप ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •