नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु

82
  •  
  •  
  •  

काठमाडौं । नेपालमा शुक्रबार थप ७ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको बताए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३९० पुगेको छ। मृत्यु हुनेमा काठमाडौंका ८८ वर्षीय पुरुष र ८५ वर्षीया महिला रहेका छन्।

त्यस्तै ललितपुरकी ६६ वर्षीया महिला रहेकी छन्। यससँगै भक्तपुरका ८२ वर्षीय, मोरङका ६६ वर्षीय र ६६ वर्षीय तथा नवलपरासीका ३१ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।

यसअघि बिहीबार थप ४ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •