कोभिड-१९(अपडेट):विश्वभर २ करोड ९७ लाख कोरोना संक्रमित, २ करोड १२ लाखबढी संक्रमणमुक्त

63
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ९७ लाख ३४ हजार १७५ पुगेकाे छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ९ लाख ३९ हजार २८९ पुगेको छ ।

विश्वभर २ करोड १५ लाख ४६ हजार ८६२ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७२ लाख ४८ हजार २४ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको ६७ लाख ८८ हजार १४७ जना पुगेको छ । २ लाख १९७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ४० लाख ६८ हजार ८६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख १९ हजार ८६४ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ५० लाख २० हजार ३५९ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार ९१ पुगेको छ । ३९ लाख ४२ हजार ३६० जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९ लाख ९५ हजार ९०८ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ४३ लाख ८४ हजार २९९ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ३३ हजार २०७ को मृत्यु भएको छ । ३६ लाख ७१ हजार १२८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५  लाख ७९ हजार ९६४ जना रहेका छन् ।

रुसमा १० लाख ७३ हजार ८४९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १८ हजार ७८५ जनाको मृत्यु भएको छ । ८ लाख ८४ हजार ३०५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ७० हजार ७५९ जना रहेका छन् ।

पेरुमा ७ लाख ३८ हजार २० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३० हजार ९२७ जनाको मृत्यु भएको छ । ५ लाख ८० हजार ७५३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख २६ हजार ३४० जना रहेका छन् ।

 


  •  
  •  
  •