काठमाडौं उपत्यकामा थप ६ सय ७६ जनामा कोरोना संक्रमण

52
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ सय ७६ जना कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टायता काठमाडौंमा ५ सय ५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६९ महिला र ३८६ पुरुष संक्रमित थपिएका छन्। यस्तै, भक्तपुरमा ३७ महिला र ४९ पुरुष तथा लतिलपुरमा १६ महिला र १ पुरुष संक्रमित थपिएका छन्।

यसअघि सोमबार काठमाडौं उपत्यकामा थप ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँग्ै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १२ हजार ९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


  •  
  •  
  •