कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

46
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ जना पुगेको छ।

मृत्यु हुनेमा सिराहमा ३५ वर्षीया, बारामा ५५ वर्षीया, रुपन्देहीमा ६४ वर्षीया महिला र सर्लाहीमा ६४ वर्षीय, बारामा ५५ वर्षीय, मकवानुपुरमा ६१ वर्षीय र कपिलवस्तुमा ५८ वर्षीय पुरुषको मृत्यु भएको छ।

साथै काठमाडौंमा ८६ वर्षीया महिला, ३४, ९६ र ६६ वर्षीय पुरुषको कोरोनाबट मृत्यु भएको छ। यसअघि सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •