नेपालमा थप एक हजार ४ सय ५९ जनामा कोरोना संक्रमण, एक हजार ६२ जना डिस्चार्ज

51
  •  
  •  
  •  

काठमाडौं । नेपालमा मंगलबार थप एक हजार ४ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा देशभर एक हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।

मंगलबार थप एक हजार ६२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४० हजार ६३८ जना पुगेको छ । डिस्चार्ज हुने दर ७१ दशमलव ०५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ६१ हजार ७८० जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार १३९ जना र होम आइसोलेसनमा ७ हजार ६४० जना रहेका छन् । आजसम्म देशभर ७ हजार २५० जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । बागमती प्रदेशमा १२३ जना छन् ।

यसअघि सोमबार देशभर एक हजार १७० कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो भने ९७९ जना डिस्चार्ज भएका थिए ।


  •  
  •  
  •