कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

137
  •  
  •  
  •  

काठमाडौं । नेपालमा शुक्रबार ५ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

फाइल तस्बिर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको बताए ।

मृत्यु हुनेमा मोरङमा ४०वर्षीया महिला, महोत्तरीमा ६५ वर्षीय पुरुष, धनुषामा ४५ वर्षीय पुरुष, काठमाडौंमा ७० वर्षीय पुरुष र नवलपरासिमा ५५ वर्षीय पुरुषको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ ।


  •  
  •  
  •