लमजुङमा स्वास्थ्यकर्मीसहित थप पाँच जनामा कोरोना संक्रमण

696
  •  
  •  
  •  

काठमाडौं । लमजुङ जिल्ला सामुदायिक अस्पतालका स्वास्थ्यकर्मीसहित लमजुङमा शुक्रबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्ला समुदायिक अस्पतालमा कार्यरत २१ वर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बेसीशहर ८ का ५१ वर्षीय पुरुष, २९ वर्षीया महिला, २ वर्षकी बालिका, बेसीशहर ७ का २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रममण पुष्टि भएको हो ।

 


  •  
  •  
  •