न्यायाधीश सिफारिसमा कुनै गल्ती भएको छैन : ढुंगाना

517
  •  
  •  
  •  

काठमाडौ, २६ वैशाख (ओएनएस) : सर्वोच्च अदालतमा आठ स्थायी न्यायाधीस नियुक्ति सिफारिसमा भएको विवादमा न्यायपरिषद्का सदस्य खेमनारायण ढुङगानाले आफूहरुले उपयूक्त, सक्षम, ईमान्दार र निष्ठावान व्यक्तिहरुलाई सिफारिस गरेको भन्दै कुनै पनि हालतमा निर्णयमा पुनरावलोकन हुन नसक्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले न्यायपरिषद्ले धेरै अध्ययन गरेर मापदण्ड भित्रै रहेर राम्रो निर्णय गरेको दावी गर्दै निर्णयमा अडिग रहने स्पष्ट पारे ।
ढुङगानाले भने, ‘न्यायपरिषद आफ्नो निर्णयमा अडिग छ । संसदीय सुनवाई समितिले जे गर्छ गरोस हामी फेस गर्न तयार छौ ।’
उनले संसदीय सुनवाई समितिलाई महाअभियोग लगाउन चुनौती दिदै त्यसको लागि पनि आफुहरु तयार भएको बताए । यद्यपि उनले संसदीय समितिको निर्णय भने आफूहरुलाई स्विकार्य भएको स्पष्ट पारे ।
न्यायाधीस सिफारिसमा आर्थिक चलखेल भएको आरोपको खण्डन गर्दै आर्थिक चलखेलको प्रमाण दिए आफू पदत्याग गर्न समेत तयार रहेको ढुंगानाले बताए । ‘हामीले इमान्दारिताका साथ ब्रम्हले देखेर निर्णय गरेका हौ । यसमा कुनै आर्थिक चलखेल छैन’ उनले भने, ‘आर्थिक चलखेलको आरोप हाम्रो चरित्र हत्या गर्ने नियतले ल्याईएको हो । आर्थिक चलखेलको प्रमाण दिए म पदत्याग गर्न तयार छु ।’
उनले सर्वोच्च अदालतमा रिक्त १० न्यायधिसको नियूक्ती समेत छिट्ट गरिने जानकारी दिए । त्यसमा बार लगायतका विज्ञ क्षेत्रबाट ल्याईने बताए ।न्यायपरिषदको निर्णयमाथि प्रश्न खडा गर्दै राजिनामा दिएका मुख्य न्यायधिस एक राज आचार्यले जे आरोप लगाए पनि भोलिपल्ट रिटायर्ड हुने भएपछि राजिनामा दिएर अतिरञ्जना फैलाएको आरोप उनले लगाए ।
साक्षात्कारमा नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले न्यायपरिषद्ले आर्थिक हिनामिना सहित नैतिकपतनका आरोप लागेका व्यक्तिलाई आर्थिक चलखेलको आधारमा सिफारिस गरेको आरोप लगाउँदै यसले न्यायलयमा विचलन ल्याउने दावी गरे ।
‘सिफारिस कुनै पनि हालतमा फिर्ता हुनुपर्छ’ उनले भने, ‘सिफारिसमा आर्थिक हिनामिना भएको ठोकुवा गर्दै उनले संसदीय सुनवाई समितिले यसमा गंभिर छानविन गर्नुपर्ने बताए ।’

  •  
  •  
  •