पर्यटनबोर्डका दुई सदस्य हटाउन अन्तरिम आदेश

77
  •  
  •  
  •  

काठमाडौं १ साउन(ओएनएस) । पुनरावेदन अदालत पाटनले पर्यटन बोर्डका कार्यकारी समितिका दुई सदस्यलाई हटाउन अन्तरिम आदेश दिएको छ ।

अदालतका न्यायधिषद्वय थीरबहादुर कार्की र रत्नबहादुर बाग्चन्दको संयुक्त इजलासबाट ध्रुवनारायण श्रेष्ठ र रेवतवहादुर थापालाई हटाउन विहीवार अन्तरिम आदेश जारी गरिएको हो ।

उनीहरुलाई  पदावधी सकिएपछि पनि सिफरिस समिति नै गठन नगरी नियम विपरित सदस्यमा नियुक्त गरिएको भन्दै पर्यटन व्यवसायी कर्ण लामाले रिट दायर गरेका थिए ।

पर्यटनमन्त्री भएको वेलामा श्रेष्ठ र थापालाई सदस्यमा नियुक्त गरिएको थियो ।


  •  
  •  
  •