हिमालयका पूर्वअध्यक्ष सहित सात जनालाई १ अर्ब जरीवाना भराउन आदेश

99
  •  
  •  
  •  

काठमाडौं, १५ मंसिर(ओएनएस) : पुनरावेदन पाटनले हिमालय फाइनान्स लिमिटेडका पूर्वअध्यक्ष सहित सात जनाबाट बिगोसहित झण्डै १ अर्ब रुपैयाँ जरीवाना भराउन आदेश दिएको छ ।

न्यायाधीश नारायणप्रसाद दाहाल र शिवराज अधिकारीको संयुक्त वाण्जिय इजलासले हिमालयभक्त प्रधानाङगसहित विभिन्न सात जनालाई जनही ६ करोड ९१ लाख २० हजार रुपैयाँ जरीवाना र सोहीअनुसार बिगो र ३  बर्षको कैद सजाय सुनाएको हो ।

आदेशअनुसार सात जनाले जरीवाना मात्र एकमुष्ट ४८ करोड ३८ लाख रुपैयाँ तिर्नुपर्नेछ ।

त्यस्तै त्यति नै मात्रामा बिगो तिर्नुपर्ने अदालतको आदेश छ ।फाइनान्सका पूर्वअध्यक्ष प्रधानाङग हाल कारागारमा छन् । सिसम मल्ल प्रधानसहित अन्य केही दोषी  फरार रहेको बताइएको छ । फाइनान्सका आरोपितमाथिका १५ ओटा मुद्दाको एकमुष्ट पैmसला सुनाउँदै यस्तो आदेश सुनाएको हो ।

तर, बैङकिङ कसुरका केही मुख्य दोषी भने फरार रहेको बताइएको छ । फरार रहेकी सिसम मल्ल प्रधान पूर्वअध्यक्ष हिमालयभक्तकी छोरी हुन् । त्यस्तै सोही अभियोगका दोषी ऐश्वर्यलाल प्रधानाङग पूर्वराज्यमन्त्री तथा प्राध्यापक हुन् ।

यसैविच हिमालय फाइनान्सको लिक्विडेशन (खारेजी)का लागि नेपाल राष्ट्र बैङकले अदालतमा निवेदन दर्ता गरेको छ । यसअघि राष्ट्र बैङकले सो फाइनान्सलाई खारेजीमा लैजाने निणर्य गरेको थियो ।

राष्ट्र बैङकको निवेदनअनुसार वाणिज्य इजलाशले फाइनान्सको सम्पर्ण कारोबार कारोबार रोक्का गरिसकेको छ ।हिमालय फाइनान्सले २०६८ पुसदेखिकै हिसाबकिताब सार्वजनिक गरेको छैन ।


  •  
  •  
  •