महिलालाई जिस्क्याएपछि अदालतले दियो सडक सफा गर्ने सजाय

148
  •  
  •  
  •  

काठमाडौँ, २४ पुस(एजेन्सी) : बम्बई अदालतले बिहिबार महिलालाई जिस्क्याएको र एक व्यक्तिलाई मार्ने प्रयास गरेको आरोपमा आरोपीहरूलाई अनौठो सजाय सुनाएको छ ।

अदालतले चार आरोपीलाई प्रहरीको निगरानीमा ६ महिनासम्म सार्वजनिक सडक सफा गर्ने आदेश दिएको छ । यसरी ६ महिनासम्म प्रत्येक साता सार्वजनिक सडक सफा गर्नुपर्नेछ । उनीहरूले ६ सातासम्म सार्वजनिक सडक सफा गरेपछि उनीहरूमाथिको आरोप हट्ने छ ।

चार आरोपीहरू अंकित जाधव, सुहास ठाकुर, मिलिन्द मोरे र अमित अधाक्ले रहेको छ । उनीहरूले आफ्नो विरूद्धमा दर्ता भएको हत्याको प्रयास र जिस्क्याएको आरोप हटाउनका लागि बम्बई उच्च न्यायालयमा अपिल गरेका थिए ।

प्रहरीका अनुसार गत वर्ष भएको दशहरे जुलुसका क्रममा यी चार आरोपीले रक्सीको नशामा महिलाहरूलाई जिस्क्याएको र नजिस्क्याउन आग्रह गर्दा एक व्यक्तिलाई मार्ने प्रयास गरेका थिए । यी चार जनाले उच्च न्यायालयमा आफुहरूले यस घटनालाई उजुरी गर्नेहरूसँग कुराकानी गरेर मिलाएको दावी गर्दै आरोप हटाइदिन आग्रह गरेका थिए । दुई न्यायाधिषको इजलासले चार जनालाई आरोपबाट मुक्त गर्नुअघि छ महिनासम्म प्रत्येक साता सार्वजनिक सडक सफा गर्नुपर्ने आदेश दिएको थियो ।


  •  
  •  
  •