‘पीके’को पोष्टरलाई अदालतको ‘हरियो झण्डा’

140
  •  
  •  
  •  

काठमाडौ, २८ साउन(एजेन्सी) : बलिउड स्टार अमिर खानको डिसेम्बरमा रिलिज हुन लागेको चलचित्र ‘पिके’को पोष्टरलाई अदालतले अश्लिल नभएको बताएको छ । अदालतले अमिर खान र चलचित्र युनिटविरूद्ध एफआइआरलाई दायर गर्नका लागि अदालतलाई गरिएको आग्रहलाई अस्विकार गरेको छ ।

aamir-khan-pk-first-lookतीस हजारी अदालतमा मेट्रोपोलिटन म्याजिस्ट्रेट पवन सिंह रजावतले पिकेलाई हरियो झण्डा देखाइदिँदै आफ्नो आदेशमा भनेका छन्, ‘मुद्धा दायर गर्नेले आफ्नो डरलाई गलत ढंगले पेश गरेका छन् । चलचित्र ‘पीके’को पोष्टर कुनै पनि हिसाबले यौनतृष्णालाई बढाउने खालको छैन् ।’ अदालतले मुद्धा दायर गर्नेले आफूलाई चर्चित बनाउने हिसाबले निवेदन दायर गरेको बताएको छ । यसमा प्रहरीले एफआईआर दर्ता गर्नका लागि प्रहरीलाई निर्देशन दिनु कुनै आधार नभएको अदालतले बताएको छ ।

न्यायाधिषले आफ्नो आदेशमा भनेका छन्, मात्र न्युडिटीको आधारमा यो तस्विरमा कुनै पनि हिसाबले अश्लिल छैन् । सबै कपडा लगाएको व्यक्तिको तस्विर पनि अश्लिल हुन सक्छ । ठिक यसरी नै बिना कपडामा रहेका व्यक्तिको तस्विरमा पनि अश्लिलताको स्वरूपमा राख्न नमिल्ने हुन्छ । अदालतले अश्लिलता यौनसँग सम्बन्धित चिजसँग जोडिएको हुन्छ, जुन न्युडिटीसँग निर्भर हुन्छ । यस विषयमा अमिरले देशका विभिन्न अदालतमा अश्लिलता फैलाएको आरोप लगाएर मुद्धा दर्ता गराइएको थियो ।


  •  
  •  
  •