महिलासँगको अनैतिक सम्बन्धपछि १० वर्षीय बालकलाई ७ लाख जरिवाना

204
  •  
  •  
  •  

court-orderकाठमाडौ, २ असार(एजेन्सी) : पाकिस्तानको एक अदालतले १० वर्षीय बालकलाई ३० वर्षभन्दा बढी उमेरकी विवाहित महिलासँग अनैतिक सम्बन्ध राखेको भन्दै मंगलबार ७ हजार डलर (करिब ७ लाख रूपैयाँ) जरिवानाको सजाय सुनाएको छ ।

स्थानीय प्रहरीका अनुसार अर्को जातीकी विवाहित महिलासँग अनैतिक सम्बन्ध राखेका कारण दुई जातीबीच भीडन्त भएको आरोपमा ती बालकलाई पक्राउ गरिएको थियो । बालकलाई पक्राउ गरी जातीय अदातलमा पेश गरिएको थियो । उक्त अदालतले बालकका परिवारलाई ७ सय डलर जरिवानाको सजाय सुनाएको थियो । ती बालकको परिवारले ५ सय डलर तिरेका छन् भने बाँकी रकम तीन महिनाभित्र तिर्न आदेश दिइएको छ ।

उमर टुफेल जिल्लाका प्रहरी प्रमुखले घटनाको पुष्टी गर्दै उनले अदालतको उक्त निर्णयलाई गलत बताएका छन् । उनले घटनाको थप छानविन गर्ने बताएका छन् । उनले भनेका छन्, ‘हामीले थाहा पाएसम्म अदालतले अनैतिक सम्बन्धको समाधान गर्न खोजेको देखिएको छ । तर, अदालतले गरेको उक्त निर्णय गैरकानुनी छ ।’


  •  
  •  
  •