काठमाडौँ, १५ कात्तिक(ओएनएस) : म्याच फिक्सिङको आरोपमा पक्राउ परेका फुटबल खेलाडीहरुलाई थप सात दिन हिरासतमा राख्न विशेष अदालत काठमाडौंले आदेश दिएको छ ।
प्रहरीले राज्य विरूद्धको अपराधमा मुद्धा दर्ता गरेर अनुसन्धानका लागि ८ दिन समय माग्दै खेलाडीलाई अदालतसमक्ष पेश गरेको थियो तर, अदालतले ७ दिन समय दिएको छ ।
यसअघि विशेष अदालतले पक्राउ परेको मितिले १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतले दिएको म्याद शुक्रबार नै सकिएको थियो । तर, शनिबार अदालत बिदा भएकाले आइतबार उपस्थित गराएको हो ।
प्रहरीले म्याच फिक्सिङ गरेको आरोपमा असोज २७ गते राष्ट्रिय टीमका तत्कालीन कप्तान सागर थापा, उपकप्तान सन्दिप राई, गोलकिपर रितेश थापा र विकास सिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई पक्राउ गरेको थियो ।