सर्वोच्चले भन्यो : ढुंगेललाई आममाफी हुन्न

240
  •  
  •  
  •  

काठमाडौँ, २३ पुस(ओएनएस) : सर्वोच्च अदालतले एमाओवादीका पूर्व सभासद बालकृष्ण ढुंगेललाई ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्यामा आममाफी दिन नमिल्ने फैसला सुनाएको छ ।

बिहिबारको संवैधानिक इजलासले उनलाई सर्वस्वसहित जन्मकैदको यसअघिको फैसला कार्यान्वयन गर्न भनेको छ । जिल्ला अदालतले श्रेष्ठको हत्यामा दोषी ठहर गर्दै ढुंगेललाई जन्मकैदको फैसला सुनाएको थियो ।

त्यसविरुद्ध सर्वोच्चमा परेको रिटमा पनि ढुंगेलको विपक्षमा फैसला सुनाएको थियो । ढुङ्गेललाई बाबुराम भट्टराईको सरकारले आममाफि दिने निर्णय गरेको थियो । सर्वोच्च अदालतले अन्तिम फैसला गरि दोषी ठहर भएका ढुंगेललाई दिइएको आममाफी विरुद्ध उज्जन कुमारकी दिदी सावित्री श्रेष्ठ सर्वोच्च अदालत गएकी थिइन् ।

पहिलो संविधानसभाको सदस्य भएकै बेला २०६८ सालमा ढुंगेल सर्वोच्चद्वारा दोषी ठहर भएका थिए ।


  •  
  •  
  •