अचानक पत्रपछि प्रधानमन्त्री आश्चर्यमा

273
  •  
  •  
  •  

काठमाडौं, १ चैत : गोपाल पराजुलीले २१ साउनमै प्रधानन्यायाधीशबाट अवकाश पाएको चिठी अकास्मात् सार्वजनिक गरेपछि प्रधानमन्त्री केपी ओली आश्चर्यमा परेका थिए । नयाँ पत्रिकामा खबर छ।

‘अवकाशको चिठीका विषयमा प्रधानमन्त्रीको कुनै विशेष धारणा बनिसकेको छैन,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘न्यायपरिषद्ले एक्कासि पत्र सार्वजनिक गरेका कारण उहाँ आफैँ छक्क पर्नुभएको छ, त्यसैले अहिलेसम्म ठीक–बेठीक केही धारणा बनाइसक्नुभएको छैन ।’

प्रधानमन्त्री ओली राष्ट्रपतिनिवास पुग्दा अवकाशको हल्ला आए पनि औपचारिक जानकारीपत्र नआएकाले शपथ अगाडि बढाउने सुझाबअनुसार नै प्रक्रिया अघि बढेको ती नेताले बताए।


  •  
  •  
  •