न्यायालयमा एक दशकयता यस्ता उतारचढाव

282
  •  
  •  
  •  

काठमाडाैं, १ चैत: २०६२ सालमा भ्रष्टाचार आरोप लागेपछि सर्वोच्चका दुई न्यायाधीशको राजीनामा।

– २०६२ सालमा कार्यक्षमताको प्रश्न उठाएर सर्वोच्चका तत्कालीन न्यायाधीश परमानन्द झा (पछि उपराष्ट्रपति) सर्वोच्चबाट पुनरावेदनमा फिर्ता।

– २०६५ सालमा न्यायाधीशविरुद्ध लाञ्छना लगाएको आरोपमा तत्कालीन बार अध्यक्ष विश्वकान्त मैनालीको लाइसेन्स रद्द, आन्दोलनपछि फिर्ता।

– २०६९ सालमा सर्वोच्चका न्यायाधीश प्रकाश वस्तीसहित ६ न्यायाधीश अस्थायीबाटै बहिर्गमन।

– २०७० साल भदौमा तत्कालीन पुनरावेदन अदालतमा नियुक्त १० जना न्यायाधीश शपथलगत्तै एमाले पार्टी कार्यालय प्रवेश।

– २०७२ फागुनमा सभामुख ओनसरी घर्तीद्वारा न्यायपरिषदबाट सर्वोच्चमा सिफारिस ११ न्यायाधीशको नाम फिर्ता।

– २०७३ माघमा उच्च अदालतका न्यायाधीश नियुक्तिमा विभेद र राजनीतिक हस्तक्षेप भन्दै सरकारी वकिलद्वारा ‘बेन्च’ बहिष्कार।

–२०७४ वैशाखमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग, पछि फिर्ता

–२०७४ भदौमा नवराज सिलवाललाई आईजीपी बनाउने सर्वोच्चकै पूर्वनिर्णय खारेज।

 


  •  
  •  
  •