सरकारी मुद्दामा साक्षी बस्दै आएकाहरुका लागि खुसीको खबर

144
  •  
  •  
  •  

काठमडौं १ मंसिर ।
ब्यक्तिगत खर्चमा सरकारी मुद्दामा अदालत उपस्थित भएर साक्षी बस्दै आएकाहरुका लागि खुसीको खबर छ । अब सरकारवादी मुद्दामा सरकारका तर्फबाट साक्षी बकपत्र (बयान) गर्ने ब्यक्तिले सरकारका तर्फबाट भत्ता र अन्य खर्चसमेत पाउने भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीसद्वय गोपाल पराजुली र चोलेन्द्रशमसेर जबराको संयुक्त इजलासले आइतबार सरकारी साक्षीलाई भत्ता र बयान दिन आउदा लागेको खर्च दिने ब्यवस्था गर्न परमादेश (बाध्यकारी आदेश) दिएपछि साक्षीका लागि खुसीको दिन आउने भएको छ ।

सरकारका तर्फबाट अदालतमा दायर गरिने फौजदारी मुद्दामा साक्षीका रुपमा अदालत उपस्थित गराइने ब्यक्तिहरुले हालसम्म आफ्नै खर्चमा सरकारका पक्षमा साक्षीका रुपमा उपस्थित भइ बयान दिदै आएका थिए ।
साक्षीलाई हालसम्म सुरक्षा खतरासमेत मोलेर सरकारका तर्फमा प्रमाण जुटाइदिनुपर्ने तर अदालतमा उपस्थित हुादा खाना, यातायात लगायतका सवै खर्च आफैले ब्यहोर्नुपर्ने अवस्था छ ।

विपक्षीका तर्फबाट आउने धम्की र आफ्नै खर्चमा चल्नुपर्ने बाध्यताका कारण हाल फौजदारी अपराधमा सरकारका तर्फबाट साक्षीका रुपमा उपस्थित गराउने ब्यक्तिसमेत नभेटिने अवस्था छ ।
राजधानीबाट


  •  
  •  
  •