लोकमानलाई कालोमोसो दल्नेलाई १ महिना कैद फैसला (फैसलाको पूर्ण पाठसहित)

511
  •  
  •  
  •  

काठमाडौँ, २५ पुस (ओएनएस) : सर्वाेच्च अदालतले लोकमानसिंह कार्कीलाई कालोमोसो दल्नेलाई १ महिना कैद फैसला सुनाएको छ ।

सर्वाेच्चका न्यायाधीश अानन्दमाेहन भट्टरार्इ र  अनिलकुमार सिन्हाकाे साेमबारकाे स‌ंयुक्त इजलासले  लाेकमानलार्इ कालाेमासाे दल्नेलार्इ १-१ महिना कैद फैसला सुनाएकाे हाे  । सर्वाेच्च अदालतमा म्याद तामेली गर्न गएका लोकमानलाई अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय प्रकाश शाही र चन्द्रप्रकाश बुढाले  पुस ८ गते कालोमोसो दलेका थिए ।

फैसलामा भनिएको छ, ‘अवहेलनाको विषय अदालतको निर्वाध न्याय प्रशासनसग जोडिएको विषय हो, ‘निर्वाध न्याय सम्पादनको निम्ति न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी र मुद्दाका पक्षहरुको सुरक्षा अध्यावश्यक पूर्वसर्तको रुपमा रहन्छ ।’

न्याय निरुपणको काममा संलग्न वा सरोकार रहने पक्षउपर गरिने कुनै पनि प्रकारको शारीरिक आक्रमण वा बेइज्जतीपूर्ण कार्यलाई अदालतले न्याय सम्पादनमा गरिने हस्तक्षेपको रुपमा बुझ्ने जारी फैसलामा भनिएको छ ।

लोकमानले ती दुबैलार्इ छाेडिदिन अाग्रह गरेपनि अदालतले दण्डित गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडाैंले दुबैजनालार्इ ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलार्इ अनुमति दिएपछि प्रहरीले कारवाही अगाडि बढाउदै मुद्दा दायर गरेको थियो । 

court court1


  •  
  •  
  •