संविधान संशोधनबारेको बहस भोलिलाई सर्यो

115
  •  
  •  
  •  

काठमाडौं, १७ पुस (अाेएनएस) : संविधान संशोधन विधेयकविरुद्ध सर्वाेच्च अदालत परेको रिटनिवेदनको बहस सोमबारका लागि सरेको छ ।

अधिवक्ता टिकाध्वज खड्काले दर्ता गरेको रिटनिवेदनमा आइतबार प्रधानन्यायाधीश सुशीला कार्की र इश्वर खतिवडाको इजलाशमा पेशी रहेको थियो ।

आइतबार निवेदक पक्षको बहस सकिए पनि विपक्षीको बहस बाँकी रहेकाले हेर्दाहेर्दै सोमबारलाई पेशी तोकिएको हो । सरकारले गत मंसिर १४ गते संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएपछि त्यसको भोलिपल्टै अधिवक्ता खड्का र पूर्वसांसदहरूले सर्वोच्चमा २ वटा रिटनिवेदन दर्ता गराएका थिए ।

दुबै रिटनिवेदनको एकसाथ सुनुवाई गर्दै सर्वोच्चले गत मंसिर २३ गते कारण देखाउ आदेश जारी गरेको थियो ।


  •  
  •  
  •