न्यायीक नेतृत्वमा पहिलो पटक महिला

280
  •  
  •  
  •  

susilaकाठमाडौं २ बैशाख (ओएनएस) : न्यायीक इतिहाँसमा पहिलो पटन सर्वोच्च अदालतको जिम्मेवारी महिलको काधमा आएको छ । न्यायाधीश सुशीला कार्कीले आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी लिएकी छन् । संसदीय सनुवाई पनि उनले पुरा जिम्मेवारी पाउने छन् ।

उमेर हदका कारण प्रधानन्यायाधिसबाट कल्याण श्रेष्टले चैत ३० गते अवकास पाएका थिए । अबको १४ महिना कार्कीले नेतृत्व सम्हाल्ने छिन् । निवृत्त भएपछि वरिष्ठतम् न्यायाधिस रहेकी कार्कीले आज बिहीबार कायममुकायम प्रधानन्यायाधिसको जिम्मेवारी पाएकी हुन् ।

कार्कीले आजैदेखि मुद्दाको इजलास तोक्ने सहित प्रशासनिक काम कारवाहीको नेतृत्व गर्नेछिन् । संसदीय सनुवाई समिति भने अmभै बन्न सकेको छैन । दलहरुबीच विवाद रहेकाले समिति गठन अन्यौलमा छ ।


  •  
  •  
  •