दश नयाँ न्यायाधीश नियुक्तीको तयारी

169
  •  
  •  
  •  

काठमाडौं ८ बैशाख ।
न्याय परिषदले सर्वोच्च अदालतमा स्थायी र अस्थायी गरी दश नयाँ न्यायाधीश थप नियुक्त गर्ने अन्तिम तयारी गरेको छ।सर्वोच्चमा रिक्त रहेका तीन स्थायी र सात अस्थायी न्यायाधीश नियुक्त गर्ने तयारी परिषदले गरेको हो।

अन्तरिम संविधानमा सर्वोच्च अदालतमा १५ जना स्थायी र आवश्यक मात्रमा अस्थायी न्यायाधीश नियुक्त गर्न सक्ने व्यवस्था छ।हाल सर्वोच्चमा १२ जना स्थायी न्यायाधीश कार्यरत छन्। अनिवार्य अवकाश पाएका पूर्व प्रधानन्यााधीशहरुको स्थानमा रिक्त रहेको तीन स्थायी न्यायाधीश र मुद्दाको चाप कम गर्न केही अस्थायी नियुक्ती तत्कालै गर्ने तयारी परिषदले गरेको हो।सोमबार बसेको परिषदले लगातार बैठक बसेर यस सम्वन्धी निर्णय गर्ने तयारी गरेको छ।

सर्वोच्चको नियुक्तीका लागि मंगलबार पुन बस्ने गरी सोमबारको वैठक सकिएको परिषदका निमित्त सचिव कृष्ण गिरीले बताए।नेपाल बार एशोसियसनले आफ्नो रिक्त सदस्य नपठाएपनि सिफारिस प्रक्रिया अघि वढाउने निर्णय परिषदले गरेको हो।बार एशोसियसनका तर्फवाट सिफारिस हुनुपर्ने न्याय परिषद्को रिक्त एक सदस्य पदमा सिफारिसका नहुदाँ देशभरका न्यायाधीशको नियुक्त रोकिएको थियो।

सर्वोच्च अदालतमा रिक्त भएको लामो समय भएको र बारवाट नाम नआएकाले निरन्तर बैठक बसी सिफारिस गर्ने प्रक्रिया शुरु गर्ने निर्णय सोमबारको वैठकले गरेको परिषदका हो।हाल सर्वोच्चमा तीन अस्थायी र आवश्यक मात्रामा अस्थायी न्यायाधीश रिक्त रहेको छ। मुद्दाको चाप धेरै भएमा दश जनासम्म्ा अस्थायी न्यायाधीश राख्ने परम्परा रहेको छ। यसअघि वैशाखमा पुनरावेदन अदालतका मुख्य नौ जनालाई स्थायी न्यायाधीशमा सिफारिस गरेको थियो। ठिक एक वर्षपछि नै परिषदले रिक्त न्यायाधीश पूर्ति गर्ने प्रक्रिया अगाडी बढाउने तयारी गरेको हो। नागरिकबाट


  •  
  •  
  •