अब दूरदराजबाट काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

237
  •  
  •  
  •  

Supreme_court_nepalकाठमाडौं १ पुस (ओएनएस) : सर्वोच्च अदालतमा मुद्दा चुन्जेल ताखिर धाउनुपर्ने फैसला सुन्न पनि काठमाडौं धाउनुपर्ने । नागरिकहरु बर्षौदेखि यो समस्या बाट आजित बनेका छन् । तर, आजैदेखि त्यो झन्झट सर्वोच्च अदालतले अन्त्य गरेको छ ।  आजदेखि अनलाइनबाटै तपाईं तारेख लिन सकिनेछ, एसएमएसबाट फैसलाको जानकारी पाइनेछ ।

न्यायालयले विकास गरेको ई तारेख सेवाले देशका जुनै पनि ठाउँमा नजिकको अदालतबाट मुद्दाका पक्षले सर्वोच्चका तारेख लिन पाउने सुविधा सुरु भएको हो । न्यायालयलाई कागजविहीन बनाउने योजनाअन्तर्गतको पछिल्लो काम सुरु भएको सर्वोच्च अदालतले जनाएको छ ।  प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहले आफू नेतृत्वमा आएदेखि अनलाइन तारेख प्रणालीलाई छिटो अघि बढाउन सर्वोच्च प्रशासनलाई निर्देशन दिएका थिए ।

एसएमएसबाट फैसला

सर्वोच्च अदालतले मुद्दा दर्तादेखि फैसलासम्मका विवरण एसएमएसबाट पक्षहरूको मोबाइलमा पठाउन पनि शुरू गरेको छ । आफूलाई पायक पर्ने अदालतबाटै सर्वोच्को तारेख लिन पाउने र म्याद तामेली पनि अनलाइनबाट हुने व्यवस्था भएपछि यति कामका लागि दूरदराजबाट राजधानी धाउनुपर्ने झन्झट सकिएको छ ।

अदालतले एसएमएस सेवा अन्तर्गत पक्षहरूलाई मुद्दा र रिट र निवेदन दर्ता, पेसी मिति, मुद्दाको स्थिति, साधारण तारेख र पेसीमा भएको आदेश तथा फैसलाबारेको जानकारी दिन्छ ।  मुद्दाररिट तथा निवेदन दर्ता मिति र नम्बर पाउन मोबाइलको म्यासेज बक्समा आरजी लेखेर स्पेस दिई मुद्दा नम्बर टाइप गरेर ३०३०३ मा पठाएपछि त्यसको जवाफ पाउने व्यवस्था गरिएको छ ।


  •  
  •  
  •