न्यायाधीशको सम्मेलनमा संविधान केन्द्रमा

410
  •  
  •  
  •  

काठमाडौं २ मंसिर (ओएनएस) : न्यायाधीशहरुको राष्ट्रिय सम्मेलनमा आजदेखि बिभिन्न समसामयिक विषयमा छलफल सुरु हुने भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा सुरु भएको सम्मेलनमा भावी संविधानमा न्यायपालिकाको संरचना, न्यायपालिकाको समस्या चुनौती तथा न्यायाधीशहरुको आचारसंहिताको बारेमा छलफल हुनेछ । सबै कार्यपत्र संविधान र संघिय संरचनासँग जोडिएका छन् । आज सम्मेलनको सुरुमा पुनरावेदन अदालत वीराटनगरका मुख्य न्यायाधीश डा आनन्दमोहन भट्टराईले भावी संविधानमा न्यापािलकाको संरचना, हाम्रो सरोकार बिषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् भने हेटौडाका न्यायाधीश तीलप्रसाद श्रेष्ठले न्यापालिकाको समस्या, चुनौती र भावी कार्यदिशा शीर्षकमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यसैगरी न्यायाधीशको उत्तरादयित्व र आचारसंहिताको बारेमा राजविराजका मुख्य न्यायाधीश इश्वरप्रसाद खतिवडाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सवै कार्यपत्रको बारेमा समूह विभाजन गरेर छलफल हुने आयोजक सर्वोच्च अदालतका सहप्रवक्ता बाबुराम दाहालले जानकारी दिए । हिजोदेखि सुरु भएको ३ दिने सम्मेलमा सर्वोच्च, पुनरावेदन र जिल्ला गरी ३ सय २० जना न्यायाधीशहरुको सहभागिता छ ।


  •  
  •  
  •