बैंक घोटाला प्रकरण : अध्यक्षसहित ५ जना भ्रष्टाचारी ठहर

313
  •  
  •  
  •  

काठमाडौं– विशेष अदालतले तत्कालीन घरेलु तथा साना उद्योग विकास बैंकका अध्यक्ष सीताराम प्रसाईंसहित पाँच जनालार्इ भ्रष्टाचारी ठहर गरेकेा छ।

विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैधको इजलासले प्रसाईंसहित ५ जनाले कर्जा अपचलन गरेको भन्दै दोषी ठहर गरेको हो।  कर्जा अपचलको अभियोग लागेका प्रसाईंलाई १ वर्ष कैद र ३५ लाख रुपैयाँ जरिवानको सजाय सुनाइएको छ ।

बैंकबाट कर्जा लिने खोसीं मार्केटिङ प्रालिका वारिस रहेका सुनिल प्रधानलाई १ वर्षको कैद सुनाइएको छ, भने  खोसींका सञ्चालक केशवलाल खोसींबाट ७० लाख रुपैयाँ बिगो र ७० लाख रुपैयाँ जरिवाना गरी १ करोड ४० लाख रुपैयाँ असुल गर्न फैसला गरेको छ ।

कर्जा अपचलन प्रकरणमा संलग्न बैंकका कर्जा प्रबन्धक हिम गुरुङलाई ३५ लाख रुपैयाँ जरिवानासहित ६ महिना कैद, बैंकका तत्कालीन महाप्रबन्धक पदमप्रसाद खतिवडालाई १० हजार जरिवानासहित ६ महिना कैद सजाय सुनाइएको छ ।

अख्तियारले कर्जा अपचनल प्रकरणमा सिताराम प्रसाई, भागवत श्रेष्ठ, हिम गुरुङ्ग, केशवलाल खोसीं श्रेष्ठ, सुनिल गुरुङ्ग, सुनिल प्रधान र पदम प्रसाद खतिवडा गरी ७ जना विरुद्ध २८ मंसिर २०७० मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो


  •  
  •  
  •