संविधानमा न्यायपालिकाको स्थान र संरचनाबारे न्यायाधीहरुको छलफल

541
  •  
  •  
  •  

काठमाडौं १ मंसिर (ओएनएस) : संविधानमा न्यायापालीको स्थान, न्यायाप्रणाली लगायतका विषयमा न्यायाधीशहरु आजदखि छलफलमा जुट्दैछन् । देशभरका न्यायाधिसहरुको राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा शुरु हुँदैछ । दउँसो २ बजे शुरु हुने प्रज्ञा भवनमा हुने सम्मेलनको उद्घाटन राष्ट्रपति डा. रामवरण यादवले गर्ने छन्  ।

सम्मेलनमा प्रधानमन्त्री, संविधानसभाका अध्यक्षलगायत सहभागी हुने भएका छन् । ३ दिनसम्म चल्ने सम्मेलमा भोलि र पर्सी विभिन्न विषयमा छलफल हुनेछ । भावी संविधानमा न्यायपालिकाको स्थान र संरचना, न्यायपालिका भित्रको आन्तरिक सुधारलगायतका विषयमा छलफल हुने भएको छ ।

सम्मेलनमा सर्वोच्च, पुनरावेदन र जिल्ला गरी तीनै तहका न्यायाधिश गरी ३ सय २० जना न्यायाधिसहरु सहभागी हुने आयोजक सर्वोच्च अदालतका सहप्रवक्ता बाबुराम दाहालले जानकारी दिए । पहिलो सम्मेलन २०६५ सालमा भएको थियो ।

 


  •  
  •  
  •  

Comments are closed.