काठमाडौं, २४ जेठ (ओएनएस) : अबरुद्ध संसद खुलाउने विषयमा शनिबार सत्तारुढ नेपाली कांग्रेसले विपक्षी दलसँग अनौपचारिक वार्ता गर्ने भएको छ । संसद अधिवेशन लगातार विपक्षी दलले अवरुद्ध गरेपछि प्रि बजेट छलफलसमेत हुन सकेको छैन ।
सत्तारुढ दलभित्रै सरकार गठन गर्दा भएको ४ बँुदे सहमति कार्यान्वयनका विषयमा मतभेद देखिएपछि यसअघि भएका वार्ताले सार्थक रुप लिन नसकेको हो । ४ बुँदे सहमतिमा संविधानभा निर्वाचनमा भएको भनिएको ‘धाँधली’ छानबिन गर्नुपर्ने र उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्ने विषयमा कुरा मिल्न नसक्दा संसदको गतिरोध अन्त्य नभएको कांग्रेसको बुझाइ छ । व्यवस्थापिका संसद्को बैठक आइतबार बेलुकी पाँच बजे बोलाइएको छ ।
कांग्रेका केही नेताले एमाओवादीसँग अनौपचारिक छलफलको तयारी गरेको भए पनि समय भने एकिन भइर््नसकेको नेताहरुले जनाएका छन् ।