अवैध कपडासहित ट्रक प्रहरीकाे नियन्त्रणमा

261
  •  
  •  
  •  

काठमाडौं, ६ चैत (अाेएनएस) : माेरङमा भन्सार छली गैरकानूनी रुपमा नेपाल भित्र्याइ रहेकाे अवस्थामा कपडासहित प्रहरीले ट्रक नियन्त्रणमा लिएकाे छ।

सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले सोमबार ४० लाख बराबरको भन्सार छलेको कपडासहित ट्रक नियन्त्रणमा लिएको हाे।

मोरङको  ग्रामथान गाउँपालिका-७ बस्ने  सतेस चौधरीले चलाएको को १ ख ४०१० नम्बरको कुर्तासुरुवाल लोड भएको उक्त ट्रक बेलुका ८ बजेतिर भारतबाट नेपालतर्फ आउँदै गर्दा प्रहरीले चेकजाँचकाे क्रममा नियन्त्रणमा लिएको थियाे।

बरामद सामानसहित ट्रक र चालकलाई आवश्यक कार्बाहीको लागि  राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मारङले जनाएको छ।


  •  
  •  
  •