काठमाडौं, १५ साउन (ओएनएस): अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका डीआइजी गोपाल भण्डारीलाई निलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको सुरक्षा प्रमुख रहँदा सेवाग्राहीबाट रकम लिएको पुष्टि भएकाले उनलाई निलम्बन गर्न बिहीबार गृहमन्त्रालयललाई निर्देशन दिइएको हो ।
भण्डारीेमाथि विमानस्थल सुरक्षा प्रमुख हुँदा सेवाग्राहीबाट एक लाख भारतीय रुपैयाँ, सातओटा ल्यापटप, पाँचओटा आइफोन र दुई लाख ५० हजार रुपैयाँ बराबरको मोबाइल रिचार्ज कार्ड लिएको आरोपमा अख्तियारले छानबिन गरिरहेको थियो ।