घुस लिने कर्मचारी रंगेहात पक्राउ

209
  •  
  •  
  •  

काठमाडौं १५ साउन (ओएनएस) : एकजना उपसचिव सहित तीन कर्मचारी घुस लिँदा लिदै पक्राउ परेका छन् । भवन निर्माण संभार डिभिजन कार्यालयका प्रमुख लेखा नियन्त्रक उप सचिव सुरेश किष्ण शर्मा, लेखा अधिकृत यदबहादुर तिमल्सिना र प्रशासकीय अधिकृत रोशनकुमार कठायतलाई घुस लिएको ५० हजार रुपियाँसहित बिहीबर अख्तियारले पक्राउ गरेको हो ।

तीन जना कर्मचारीलाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरि हिरासतमा लिएको छ ।  हिरासतमा लिइ अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ। यसैगरी विशेष भौतिक पुर्वाधार तथा क्षेत्र विकास आयोजना बबरमहलका अधिकृत कोमनन्द अधिकारी र इन्जिनियर दीपा श्रेष्ठलाई घुस लिएको रकम ४०(४० हजार रुपियाँसमेत पक्राउ गरेको छ।


  •  
  •  
  •