डिएसपीलाई निलम्बन गर्न अख्तियारको निर्देशन

111
  •  
  •  
  •  

काठमाडौं, ९ साउन (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा बुटवलका प्रहरी नायब उपरीक्षक दिनेशकुमार आचार्यलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

घुस लिँदै गर्दा पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक रामप्रसाद पौडेलले कार्यालय प्रमुखको निर्देशनमा घुस लिएको बताएपछि आचार्यलाई निलम्बन गर्न अख्तियारले निर्देशन दिएको हो ।

लेनदेनको कारोबारमा ऋणी फरार भएपछि जिम्मा जमानी रहेका व्यक्तिलाई कारबाहीका लागि पीडितले दिएको उजुरीको अनुसन्धानका क्रममा जमानीमा बसेका व्यक्तिबाट १ लाख ५० हजार घुस लिँदै गर्दा पौडेल पक्राउ परेका थिए । अनुसन्धानमा प्रभाव पार्न सक्ने र प्रमाण नष्ट समेत गर्न सक्ने भएकाले प्रहरी नायब उपरीक्षक आचार्यलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई लेखी पठाएको अख्तियारले जनाएको छ ।


  •  
  •  
  •  

Comments are closed.