स्वास्थ्यका दश कर्मचारीलाई भ्रष्टाचारको अभियोग

91
  •  
  •  
  •  

काठमाडौं, ६ साउन (ओएनएस) अख्तियार दुरुपयोग अनुसन्धान अयोगले स्वास्थ्य मन्त्रालयका १० जना उच्च अधिकारीहरुलाई नक्कली बिल भरपाई बनाएर करोडौं रुपैया भ्रष्टाचार गरेको अभियोगमा छानविन थालेको छ । आयोगले स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. आनन्दकुमार श्रेष्ठसहित ती अधिकारीहरुलाई निलम्बन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

आयोगले मंगलवार विज्ञप्ती जारी गरी स्वास्थ्य सेवा विभाग टेकु अन्तर्गतका बिभिन्न महाशाखाहरुले वार्षिक स्वीकृत बजेट कार्यक्रम अन्तर्गत आ–आफ्नोे महा शाखाहरुवाट विभिन्न कार्यक्रम संचालनका लागि पेश्की लिई भ्रष्टाचार गरेको उजुरीमाथि अख्तियारले छानबीन थाल्दा उनीहरु दोषी देखिएको जनाएको छ ।
पुर्नजागरण महाशाखाको दुई आर्थिक वर्षको कार्यक्रम पेश्की लिई र्फछर्योटका लागि पेश गरिएका बिल भरपाईका लागि छानविन गर्दा कार्यक्रम गरेको भनी हल नै नभएको होटेलमा हल भाडा लिएको बिल पेश गरेको पाइएको छ । त्यस्तै सामान नै खरिद नगरी होटेल तथा स्टेसनरी पसलहरको बिल पेश गरेको अख्तियारले भेटाएको जनाएको छ ।

भ्रमण आदेश बनाइ कार्यलय मै हाजिर रही हवाई जहाजको नक्कली टिक पेश गरी दैनिक भ्रमण भाडा भन्दा दोब्बर मुल्य सम्मका ई–टिकट पेश गरिएको पाइएको अख्तियारले जनाएको छ । एउटै उडान नम्बरको टिकटमा नाम परिवर्तन गरी २–३ जना सम्मले उक्त ई–टिकेट पेश गरेको, एकै दिनको कार्यक्रम दश दश पटक एकै होटलबाट सहभागीहरुको लागि भनी खाजा तथा खाना सेट खरिद गरेको देखाई विल पेश गरिएको पाइएको छ ।

कार्यक्रममा सहभागीहरुो लागि खाजा,खाना तथा स्टेशनरी लगायतका सामान खरिद गरेको भनि पेश गरिएको अन्य विलहरु भरपाईहरु समेत नक्कली भएको अख्तियारले जनाएको छ ।
अख्तियारले उक्त उक्त महाशाखाका निर्देशक डा. आनन्द कुमार श्रेष्ठ, वरिष्ठ जनस्वास्थ्य प्रशासक मदन कुमार श्रेष्ठ, वरिष्ठ जनस्वास्थ्य अधिकृत रतनलाल श्रेष्ठ, शाखा अधिकृतद्वय डोलराज शर्मा र रुपनारायण खतिवडालाई निलम्बन गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।

यसैगरी लेखा अधिकृत यदुराज शर्मा नेपाल तथा फर्मासिस्ट भरतमणि मरहट्ठा, जनस्वास्थ्य निरीक्षकद्वय रामशरण अधिकारी र रामजी घिमिरे तथा खरीदार कविराज सुवेदी समेतले सो अनियमिततामा सहभागी भएको ठहर गर्दै उनीहरुलाई पनि निलम्बन गर्न भनिएको छ ।

उनीहरुलाई पदमा कायम राख्दा प्रमाण लोप वा नाश गर्न सक्ने र अनुसन्धान कार्यमासमेत बाधा पुर्याउन सक्ने देखिएकाले निलम्बन गर्न निर्देशन दिएको अख्तियारले जनाएको छ । उनीहरुलाई मंगलवारैदेखि आयोगमा उपस्थित गराउन मन्त्रालयलाई दिर्नेशन दिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतका अन्य महाशाखामा भएका भ्रष्टाचारको पनि छानवीन जारी रहेको अख्तियारले जनाएको छ ।

अख्तियारद्धारा बुटवल नगरपालिकामा छापा

बुटवल स्थीत अख्तियारको कार्यालयले बुटवल नगरपालिकामा छापा मारेको छ ।बुटवलमा भएका सडक निर्माण देखि अन्य विकास निर्माणका काममा ब्यापकअनियमितता भएको उजुरी परेपछि अख्तियारले नगरपालिकाका छापा मारेको जनाएको छ । छापा मारेपछि सिसिटिभी र आवश्यक कागजपत्र नियन्त्रणमा लिएको कार्यालयका प्रमुख निराजन घिमिरेले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालयको सम्पर्क कार्यालयबुटवलको २ जनाको टोलीले कागजपत्र अनुसन्धानका लागि नियन्त्रणमा लिएको घिमिरेले बताए । अख्तियारको कार्यालयल हिजोपनि नगरपालिका का ईन्जिनियर संग यसबर्ष निमार्ण भएका सडकको अनुगम गरेको बताएको छ ।


  •  
  •  
  •