यातायात कार्यालयका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

331
  •  
  •  
  •  

काठमाडौं,२ माघ(ओएनएस):यातायात व्यवस्था कार्यालयका दुई कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म‌‌गलबार मुद्दा दर्ता गरेको छ।

नक्कली कागजपत्रका आधारमा लाइसेन्स जारीको आरोपमा उनीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो। यातायात व्यवस्था कार्यालय सुकेधाराका नासु यादब पौडेल र खरिदार सुमन प्रोखेलविरुद्ध आयोगले मुद्दा दर्ता गरेको हो। उनीले बिदेशी लाइसेन्स नेपालीकरणका नाममा लामो समय देखि नक्कली कागजपत्रका आधारमा लाइसेन्स बिक्रि गर्दै आएका थिए।

उनीहरु लेखापढी व्यवसायी अशोक कार्की मार्फत ३२ हजार रुपैयाँ घुस लिई रहेको अवस्था आयोगको टोलीले रंगेहात गत महिना पक्राउ गरेको थियो।


  •  
  •  
  •