नेपालमा बढ्यो भ्रष्टाचार, झर्‍यो ४ स्थान तल

234
  •  
  •  
  •  

काठमाडौँ, १३ माघ(ओएनएस) : भ्रष्टाचारविरूद्ध काम गर्दै आएको अन्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल भ्रष्टाचार बढेको छ ।

ट्रान्सपरेन्शी इन्टरनेशनलले बुधबार सार्वजनिक गरेको सिपीआइ(करप्सन परसेप्सन इन्डेक्स)का अनुसार भ्रष्टाचारको अवस्थासम्बन्धी सूचांकाकमा नेपाल चार स्थान तल ओर्लिवदै १ सय ३० स्थानमा परेको छ । गत वर्ष नेपाल १ सय २६ स्थानमा रहेको थियो ।

१६८ मुलुकको सुशासन प्रयास र भ्रष्टाचार नियन्त्रणसम्बन्धी कामहरुको सर्वेक्षण गरी तयार गरिएको प्रतिवेदनका अनुसार विश्वको सबैभन्दा भ्रष्टाचार हुने देशमा सोमालिया परेको छ । यस्तै, धेरै भ्रष्टाचार हुने देशहरूमा उत्तर कोरिया, अफगानिस्तान, सुडान, दक्षिण सुडान, एंगोला, लिबिया, इरान, भेनेजुएला, गुनिबिसाउ र हाइटी रहेका छन् ।

यस्तै, सबैभन्दा कम भ्रष्टाचार हुने वा असल शासन भएको देशको पहिलो स्थानमा युरोपेली मुलुक डेनमार्क परेको छ । दोस्रोमा फिनल्याण्ड, तेस्रोमा स्वीडेन, चौथोमा न्युजिल्याण्ड, पाँचौमा नेदरल्याण्ड, छैटौंमा नर्वे, सातौं स्वीटजरल्याण्ड, आठौं सिंगापुर, नवौं क्यानडा र दशौं स्थानमा जर्मनी रहेको छ ।

दक्षिण एसियाली देशहरूमध्ये सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भूटान रहेको छ भने भुटान २७ औ स्थानमा रहेको छ । यस्तै, भारत ७६ औ स्थानमा, श्रीलंका ८३ औ स्थानमा, पाकिस्तान ११७ औ स्थानमा, बंगलादेश १३९ स्थानमा रहेको छ ।

सन् २०१२ मा १३९ औं स्थानमा रहेको नेपाल नेपाल सन् २०१३ मा केही सुधार भइ ११६ औं स्थानमा उक्लिएको थियो । तर, सन् २०१४ मा पुनः १० स्थान तल झर्दै १२६ औं स्थानमा पुगेको थियो ।


  •  
  •  
  •