नेपालमा बढ्यो भ्रष्टाचार, गतवर्षभन्दा १० स्थान तल

475
  •  
  •  
  •  

transparency-internationalकाठमाडौ, १७ मंसिर(ओएनएस) : नेपालमा गत वर्षभन्दा यो वर्ष भ्रष्टाचार बढेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार राती सार्वजनिक गरेको भ्रष्टाचार अवधाराणात्मक सूचकांक(सिपीआई) का अनुसार नेपाल; गत वर्षभन्दा दुई अंक कम प्राप्त गर्दै १ सय २६ औ स्थानमा पुगेको छ ।

सिपीआईका अनुसार नेपालको २९ अंक छ । गत वर्ष नेपालको ३१ अंक थियो र १ सय १६ स्थानमा रहेको थियो । यस वर्ष नेपालले २ अंक कम प्राप्त गर्दै १० स्थान झर्दै १ सय २६ औ स्थानमा पुगेको हो ।

विभिन्न अन्तराष्ट्रिय संस्थाहरुले गरेको सर्वेक्षणमा आम मानिसले व्यक्त गरेको धारणाका आधारमा अंक प्रदान गरिन्छ । यसवर्ष उत्कृष्ट भएको डेनमार्कले ९२ अंक पाएको छ भने न्यूजिल्याण्ड ९१ अकं पाएको छ ।

दक्षिण एसियामा नेपाल र पाकिस्तान समान अंकका साथ चौंथो स्थानमा छन् । भूटानले ६५, भारतले ३८,  श्रीलंकाले ३८, बंगलादेशले २५ र अफगानिस्थानले १२ अंक पाएका छन् । माल्दिभ्स भने सूचीमा समावेश भएको छैन ।


  •  
  •  
  •