पर्यटन बोर्ड ‘भ्रष्टाचारको अखडा’

95
  •  
  •  
  •  

tourism boardकाठमाडौं, २९ असोज (ओएनएस) : नेपाल पर्यटन बोर्डमा व्यापक भ्रष्टाचार र अनियमितता हुने गरेको छानविन समितिले निष्कर्ष निकालेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयद्वारा गठित छानविन समितिले पर्यटन बोर्ड भ्रष्टाचारको ‘अखडा’ रहेको खुलासा गरेको हो  ।

समितिको प्रतिवेदनमा बोर्डले ‘नेशनल टुरिजम फेयर’ कार्यक्रममा आर्थिक कार्यविधि पालना नभएको उल्लेख गरिएको छ।  रेडियो, टेलिभिजनमार्फत गर्नुपर्ने प्रचार प्रसारको काम प्रतिष्पर्धा नगराई बोलपत्र छल्ने उद्देश्यले पटक पटक  भुक्तानी मेमोबाट सोझै खरिद गरेको र उक्त भुक्तानी एउटै व्यक्ति सम्बद्ध धेरै निकायलाई गरिएको प्रतिवेदनले ठहर गरेको हो  ।

बोर्डमा ब्यापक भ्रष्टाचार भएको गुनासो गरिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले सहसचिव पुर्णचन्द्र भट्टराईको संयोजकतत्वमा सात सदस्यीय छानविन समिति गठन गरेको थियो । सो समितिले तयार पारेको प्रतिवेदन बुधवार व्यवस्थापिका संसद अन्र्तगतको सार्वजनिक लेखा समितिको बैठकमा पेश भएपछि बोर्डभित्र हुने अनियमितताको खुलासा भएको हो ।

प्रतिवेदनमा कर्मचारी आवश्यक भएमा दरबन्दी स्वीकृत गराई बोर्डको कर्मचारी प्रशासन विनियमावली बमोजिम पदपूर्ती गर्नुपर्नेमा घुमाउरो पारामा इन्टर्न राखेको आरोप छ । यसरी सार्वजनिक सूचना प्रकाशन नगरी विना प्रतिशपर्धा भर्ना गरिएका कर्मचारीलाई भुक्तानी भएको तलव भत्ता वापतको रकम निणर्यकर्ताबाट असूल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै नेपाल पर्यटन भ्रमण बर्ष २०११ मा रु १० करोड भन्दा बढी रकम उपलब्धिविहीन कार्यमा खर्च गरेको समितिको आरोप छ । कार्यकारी अधिकृतले पदीय आचरण विपरित छोरीको इसीएस म्यागाजिनलाई मासिक १ लाखको दरले १२ लाख उपलब्ध गराएकोमा आपत्ति व्यक्त गरेको छ ।

त्यस्तै सुभाष निरौलाले विदेश भ्रमणमा जाँदा नक्कली बिल राखी भुक्तानी लिएको सम्वन्धमा उक्त कागजातहरु स्थानीय भाषमा रहेकोले समितिले छानविन गर्न नसकेको बताइएको छ ।

समितिले बुझाएको प्रतिवेदनका मुख्य बुँदाहरु

  आर्थिक विनियमावली सार्वजनिक खरीद कानुन विपरीत बनाएको ।
–  नेपाल पर्यटन भ्रमण बर्ष २०११ मा रु १० करोड भन्दा बढी रकम उपलब्धिविहीन कार्यमा खर्च गरेको।
–  दोहा कतार प्रवद्र्वनमा जाँदा भएक खर्चका लिव भरपाइ,कार्यक्रमको फोटो एवं अन्य प्रमाणहरु पर्याप्त नभएको ।
–  सुभाष निरौलाले विदेश भ्रमणमा जाँदा नक्कली बिल राखी भुक्तानी लिएको सम्वन्धमा उक्त कागजातहरु स्थानीय भाषमा रहेकोले समितिले छानविन गर्न नसकेको ।

– कर्मचारीको नाममा बैंक खाताबाट पैसा निकालेको ।
–  जागिर छोडेका कर्मचारीको नाममा खर्च देखाएको ।
– बाउन्सरलाई गैर कानुनी भुक्तानी गरेको ।
– इन्धनको रकम भुक्तानी गर्दा लगबुक पेस नभएको ।

 

 


  •  
  •  
  •  

Comments are closed.