सशस्त्रका पूर्वमहानिरीक्षकसहित ७ विरूद्व भ्रष्टाचार मुद्धा

306
  •  
  •  
  •  

sanat kumar basnetकाठमाडौँ, १७ फागुन(ओएनएस) : सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक सनतकुमार बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले बस्नेतसहित ७ जना प्रहरी अधिकारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

०६६ वैशाखदेखि ०६८ श्रावण महिनासम्म सशस्त्र प्रहरी महानिरीक्षक हुँदा सामान ढुवानीमा भ्रष्टाचार गरेको ठहर भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । यसअघि सशस्त्रका पूर्वमहानिरिक्षक कोषराज वन्त, शैलेन्द्र श्रेष्ठ र वासुदेव वलीविरूद्ध पनि मुद्धा दाय भइसकेको छ ।

अख्तियारले बस्नेतसँग ९ करोड १५ लाख ८१ हजार १ सय ५१ रूपैयाँ बराबरको बिगोदावी गरिएको छ । यस्तै, सोही प्रकरणमा सशस्त्र प्रहरी निरिक्षक विनबहादुर थापविरूद्ध पनि त्यतिनै रकमको बिगोदावी गरेर विषेश अदालतमा मुद्दा दायर गरिएको छ ।

यस्तै, सशस्त्र प्रहरी निरीक्षक मनुहिरा महतसँग ७३ लाख, २३ हजार ८ सय ५४, सशस्त्र प्रहरी निरीक्षक शिवबहादुर कार्कीसँग २३ लाख, देवेन्द्रकुमार श्रेष्ठसँग ८३ लाख ८३ हजार १ सय ३६, सशस्त्र प्रहरी नायब निरीक्षक निलबहादुर श्रेष्ठसँग १ करोड ६ लाख ६४ हजार ७ सय ३४ र सशस्त्र प्रहरी नायब निरीक्षक लेखबहादुर खत्रीसँग १ करोड ६ लाख २९ हजार ७ सय १२ रुपैयाँ बिगोदाबी गरेको छ ।

सामान नै ढुवानी नगरी सञ्चालन मै नभएका ट्रान्सपोर्टहरुको झुठ्ठा बिलहरु पेश गर्न लगाएर बुद्ध तथा यति एयरलाइन्सबाट कार्गो गरी मातहत युनिटहरुमा जिन्सी सामानहरु ढुवानी गराएको भनेर भ्रष्टाचार भएको दावी अख्तियारको छ ।


  •  
  •  
  •