१० लाख घुस लिदै गर्दा सम्पत्ति शुद्धिकरण विभागका अधिकृत पक्राउ

339
  •  
  •  
  •  

काठमाडौं १ भदौ ।अर्थ मन्त्रालयको सम्पत्ति शुद्धिकरण विभागका अधिकृत शम्भु चालिसे दस लाख घुस लिदालिदै पक्राउ परेका छन् । चालिसेले दस लाख घुस लिदै गरेको अवस्थामा भैंसेपार्टीबाट पक्राउ परेका हुन्।

सेवाग्राहीको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको स्रोतले बतायो। घुस लिनका लागि सेवाग्राहीको घरमा पुगेर पैशा लिदै गरेको अवस्थामा अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो। चालिसे अख्तियार थुनामा रहने र उनी संलग्न घुसकाण्डबारे छानबिन गरी चालिसेविरुद्ध भ्रष्टाचारको अभियोगपत्र पेस गरिने अख्तियारले जनाएको छ । अन्नपूर्णपोष्ट


  •  
  •  
  •