पर्सा, २० माघ (ओएनएस) : घरेलु तथा साना उद्योग कार्यालय, पर्साका नायव सुब्बा घुस लिँदालिदै पक्राउ परेका छन्
। नयाव सुब्बा दुर्गामणी त्रीतालले नयाँ उद्योग दर्ता गर्नका लागि सेवाग्राहीसँग घुस मागे भन्ने आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा क्षेत्रीय कार्यालयको टोलीले रंगेहात पक्राउ गरेको हो ।
अख्तियारको टोलीले २० हजार रुपैयाँ ररिसवत लिँदालिंदैको अवस्थामा त्रीताललाई रंगेहात नियन्त्रणमा लिएको हो । अख्यितारले थप अनुसन्धान भैरहेको जनाएको छ ।