जिविस पाल्पाका सव–ईन्जिनियर घुस लिँदालिदै पक्राउ

186
  •  
  •  
  •  

ciaa-building_20120501084611काठमाडौं, १५ माघ (ओएनएस) :  जिल्ला विकास समिति, पल्पाका सव–ईन्जिनियर ईवराज घिमीरे घुस लिँदालिदै पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बटववलस्थित सम्पर्क कार्यालयको टोलीले सत्तरी हजार घुस लिदै लिदै रंगेहात नियन्त्रणमा लिएको हो ।

घिमीरेले जिल्लाभित्र पुल मर्मत सम्बन्धि ठेक्का दिलाई दिने भनी सेवाग्राहीसंग घुसररिसवत माग गरेको भन्ने उजुरी एवं सुचनाको आधारमा बुटवल, ट्राफिकचोकस्थित न्यू सुजाता होटलबाट रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।


  •  
  •  
  •