नापी सर्बेक्षक घुस लिदालिदै पक्राउ

304
  •  
  •  
  •  

रुपन्देही, २३ पुस (ओएनएस) : जिल्ला नापी कार्यालय रुपन्देहीका नापी सर्बेक्षक घुस लिदालिदै पक्राउ परेका छन् ।
अख्तियार दुरपयोग अनुसन्धान क्षेत्रिय कार्यालय पोखराको सम्पर्क कार्यालय बुटबलबाट खटिएको टोलीले सर्बेक्षक रामराज यादवलाई रंगहात पक्राउ गरेको हो ।

नापी कार्यालय रुपन्देहीका सर्बेक्षक यादवले ४ चार हजार नापी कार्यालय अगाडि बाट बुझेको बताईएको छ । उनलाई टोलीले समात्न खोज्दा मोटरसाईकलमा भागेको र उनलाई भैरहवास्थित युसिएमएस कलेज अगाडि पक्रेको सम्पर्क कार्यालय बुटबलले जनाएको छ ।

उनको साथमा १२ हजार ५ सय रहेको भएपनि उनले ४ हजार मात्र घुस लिएको बताईएको छ उनलाई अनुसन्धान भैरहेको कार्यलयका डिएसपी तुल बहादुर कार्काैले बताएका छन् । उनले मझगवा गाबिसको जग्गा नाप्नको लागि घुस लिएको बताईएको छ । यसअघि घुस काण्डमा रुपन्देहीका ३ जना नापीका कर्मचारी पक्रेउ परिसकेका छन् ।


  •  
  •  
  •