घुस लिँदालिदै रूपन्देहीका नापी सर्वेक्षक पक्राउ

311
  •  
  •  
  •  

काठमाडौं, २२ मंसिर (ओएनएस) रुपन्देही नापी कार्यालका नापी सर्वेक्षक जाकिर राईनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रगेंहात पक्राउ गरेको छ । सोमबार अख्यितारको बुटवल सम्पर्क कार्यालयबाट खटिएको टोलीले सर्वेक्षक राईनलाई १० हजार घुस लिदै गर्दा पक्राउ गरेको हो ।

सर्वेक्षक राईनले वुटवल नगरपालिकास्थित गितानगरमा रहेको जग्गा हाल साविक गर्ने क्रममा सेवाग्राहीसंग घुस मागे रहेको अवस्थामा पक्राउ गरिरहेको अख्तियारले जनाएको छ । रंगेहात पक्राउ परेका उनको थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।


  •  
  •  
  •