२२ लाख घुस लिदै गर्दा भन्सारका दुई कर्मचारी रंगेहात पक्राउ

205
  •  
  •  
  •  

aaktiyar
aaktiyar

काठमाडौं,२२ कात्तिक (ओएनएस) : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दुई कर्मचारीलाई २२ लाख रुपैँया घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

अख्तियारको टोलीले धुम्बाराहीको मुनलाईट पार्टी प्यालेसबाट उनीहरुलाई रंगेहात पक्राउ गरेकाे हो ।

पक्राउ पर्नेमा भन्सार अधिकृत प्रेम अधिकारी र नायब सुब्बा हरिवंश कार्की रहेका छन् । उनीहरुले अबैध सुन तस्करी गर्र्ने क्रममा पक्राउ परेका भारतीय नागरिकहरुलाई छुटाइदिने भन्दै घुस लिन लागेका थिए ।

उनीहरुसँगै भन्सार एजेन्टहरु देवराज भट्टराई र प्रेम कार्की पनि अख्यिारको फन्दामा परेका छन् ।


  •  
  •  
  •  

Comments are closed.