प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

314
  •  
  •  
  •  

काठमाडौं, १६ भदौ (ओएनएस) :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक रामप्रसाद पौडेल विरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ । ईलाका प्रहरी कार्यालय, बुटवलमा कार्यरत प्रहरी सहायक निरीक्षक पौडेलले घुस लिएर धनजमानी बसेका व्यक्तिलाई विना कानुनी कारवाही छाडेको अख्तियारको आरोप छ ।

पाल्पा यम्गा–४ बस्ने प्रेम बहादुर थापाले रमा भट्टराईसँग ६ लाख रुपैयाँ ऋण लिएर फरार भएको र पीडितको उजुरी अनुसन्धानका क्रममा धनजमानी वसेका गिरीराज पौडेललाई १ लाख ५० हजार रुपैयाँ घुस लिएर पौडेलले छाडेको पुष्टि भएकाकाले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।


  •  
  •  
  •