काठमाडौं उपत्यकाको ढलमा समेत कोरोना भाइरस

207
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकाको ढलमा समेत कोरोना भाइरस देखिएको छ। सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपाल(सीएमडीएन)ले गरेको अनुसन्धानका क्रममा उपत्यकाको ढलमा कोरोना भाइरस देखिएको हो।

सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपालले गरेको अनुसन्धानमा उपत्यकाको ढलमा कोरोना भाइरस देखिएको छ ।

संस्थाले बिहीबार उपत्यकाका विभिन्न स्थानबाट संकलन गरी परीक्षण गरेको ढलको पानीमा कोरोना भाइरस देखिएको तथ्य सार्वजनिक गरेको हो ।
अनुसन्धानको नेतृत्व गरेका डा. दीवेश कर्माचार्यका अनुसार १०–११ दिन अघि संकलन गरिएको नमूना परीक्षण गर्दा दुई ठाउँको ढलमा कोभिड–१९ को कारक सार्स कोभिड–२ फेला परेको हो ।

उनले अरु ठाउँमा दिशामा पनि कोरोना संक्रमण देखिएकाले काठमाडौंमा देखिन्छ कि देखिदैँन भन्ने अध्ययन गर्दा देखिएको बताए।

‘उपत्यकाभित्रबाट दश दिन अघि चार ठाउँबाट ल्याएको नमूनामध्ये दुई ठाउँमा कोरोनाको भाइरस हामीले देखेका छौं,’ उनले भने, ‘त्यो देखिनुको मतलब समुदायमा कोरोना संक्रमित मान्छेहरु छन भन्ने हो।’

सीएमडीएनका जनस्वास्थ्य वैज्ञानिक समीरमणि दीक्षितले ढलमा कोरोना भाइरस देखिनुले कम्तिमा काठमाडौँमा समुदायस्तरमै कोरोना भाइरसको संक्रमण रहेको थाहा हुने बताए ।
जनस्वास्थ्य विज्ञ समिरमणि दीक्षितले उपत्यकाको ढलमा कोरोना भाइरस देखिनुको अर्थ समुदायमा कोरोना भाइरस फैलिएको तथ्यलाई पुष्टि गर्नु भएको बताए।

दीक्षितले यस अनुसन्धानले समुदायमा परिक्षण एकदमै आवश्यक देखिएको बताए।

 


  •  
  •  
  •