नेपालमा थप ११७२ जनामा कोरोना संक्रमण, १८९३ जना डिस्चार्ज

४३ भेन्टिलेटरमा, २२० जना आईसीयूमा राखेर उपचार
89
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप एक हजार १ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टायता थप एक हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ९०४ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ । बुधबार थप एक हजार ८९३ जना विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४९ हजार ९५४ जना पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ४४ हजार ४७४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार २२८ जना र होम आइसोलेसनमा ९ हजार १८६ जना रहेका छन् । आजसम्म देशभर ७ हजार १०४ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर जनाको ४३ भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यसअघि मंगलबार थप एक हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार थप ८२६ जना डिस्चार्ज भएका थिए ।


  •  
  •  
  •