कोरोना संक्रमणबाट विदेशमा थप तीन नेपालीको निधन

86
  •  
  •  
  •  

काठमाडौं । कोरोना संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार गत साता युकेमा एक जना र पोर्चुगलमा दुई जना नेपालीको निधन भएको हो ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको संख्या ३ सय १५ पुगेको छ ।

समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार तीन सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ५० हजार ६ सय ५६ जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ९४ प्रतिशत हो ।
यस्तै समितिका अनुसार यो साता स्पेन, पोल्यान्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।


  •  
  •  
  •