कोरोना परीक्षणको दायरा बढाउन उपत्यकाका मेयरहरूको माग

116
  •  
  •  
  •  


काठमाडौं । काठमाडौं उपत्यकाका मेयरहरूले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायरा बढाउन सरकारसँग माग गरेका छन् । निषेधाज्ञा अवधिमा पनि कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको भन्दै उपत्यका नगरपालिका फोरमले परीक्षणको दायरा बढाउन माग गरेको हो ।

फोरमले निषेधाज्ञालाई कडाइका साथ पालना गर्ने र गराउने निर्णय पनि गरेको छ ।
बैठकले संक्रमितको उपचारमा अक्सिजन अभाव देखिएकाले तत्काल सहज आपूर्तिका लागि व्यवस्थापन गर्न सरकारलाई अनुरोध गरेको छ ।

हाल काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३५ हजार नाघेको छ ।


  •  
  •  
  •